भ्वाइस अफ नेपालका उत्कृष्ट ४ छानिए

काठमाडौं, १६ साउन- द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् ।

सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ सम्म पुगेर रोकिएको छ ।

Dadeldhura hospital

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । काठमाडौका सोनाम शेर्पासँग उनको कडा प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पे मार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधा समेत छ ।

आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन्।

Loading...