धनगढी ६ मटियारीमा रहेको नगर स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

Dadeldhura hospital

प्रकाशबहादुर बोहरा
अत्तरिया, १५ साउन- कैलालीको धनगढी उपमहानगरपालिका ६ नं.वडा कार्यालय मटियारीमा रहेको नगर स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले उक्त स्वाथ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कोभिड-१९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि नगर स्वास्थ्य केन्द्रलाई सर्जिकल माक्स १० डिब्बा, इक्जामिनेसन ग्लोभ्स १ डिब्बा, होडेट कभर स्वीट १० सेट, हेण्ड सेनिटाइजर (१०० एमएल) १० पिस, फेस सिल्ड १० पिस, डस्ट बिन ३२ एल २ सेट, सेनेटरी प्याड १० पाकेट, पुल्स वक्सीमिटर २ पिस, थरमल गन २ पिस हस्तान्तर गरिएको छ ।

Loading...