Satyawati
Division ban Pahalmanpur

बैतडीमा जलेर एक बालक घाइते 

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीमा जलेर एक बालक घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-६ मुसेका रघुबीर भट्टका १९ महिने छोरा शिशिर भट्ट जलेर घाइते भएका हुन् । 

शनिवार बिहान साढे ९ बजेतिर घर भित्रै पकाएर राखेको तरकारीको भाँडोमा परेर भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । घाइते बालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...