कर्णाली नदीमा स्कारपीयो खस्दा दुई जना बेपत्ता, ३ जना घाईते

अत्तरिया, १५ साउन-  कैलालीको चिसापानी स्थित कर्णाली नदीमा स्कारपियो गाडी खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना गम्भिर घाईते भएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

गम्भिर घाइते हुनेमा आदर्श गाउँपालिका डोटीका लक्ष्मी जोशी, भुवन जोशी र साबित्री जोशी छन् । यस्तै गरी बेपत्ता हुनेमा आदर्श गाउँपालिका डोटीकै गाडी चालक चन्द्रप्रकाश जोशी र उनकी आमा रुपी जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

कैलालीको चिसापानीदेखि पहाडी गाउँपालिका मोहन्याल–७ सोल्टा जाने क्रममा कर्णाली नदीमा अन्दाजी तीन सय मिटर खसेको हो । नम्बर नखुलेको स्कारपीयो सडकमा ब्याक गर्ने क्रममा कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।

घाईतेको कैलालीको लम्कीस्थित लालरत्न अस्पतालमा प्राथमिक उपचार पश्चात नेपालगञ्ज रेफर गरेको जनाएको छ । बेपत्ता भएकाको खोजी कार्यका लागि प्रहरी परिचालित गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । स्कारपियोमा एकै परिवारका ५ जना सवार रहेका थिए ।

Couple
Loading...