


अत्तरिया- अत्याधिक गर्मि बढेपछि कैलालीको गोदावरी नगरपालिकाले ६ दिन विद्यालयमा विदा गर्ने निर्णय गरेको छ ।



शुक्रबार नगरपालिकाले एक सूचना जारि गर्दै २०८१ जेठ २० गतेदेखि २०८१ जेठ २५ गतेसम्म नगरमा सञ्चालित बिद्यालयहरुमा बिदा दिने निर्णय गरेको हो ।


अत्याधिक गर्मिका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बर्षे विदाबाट मिलान हुने गरी विद्यालयमा विदा दिनहुन नगरपालिकाले जारि गरेको सूचनामा उल्लेख गरिएको छ ।






