दार्चुला- दार्चुलाको तिङ्कर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गते देखि चीनको तिब्बतसँग जोडिएको तिङ्कर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।
चीनको तिब्बत (बुराङकाउन्टी) का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग बिहीवार भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गते देखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको हो ।
सुरक्षा निकायका प्रमुखहरूले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट) बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । कोरोना सङ्क्रमणका कारण वि.सं २०७६ यता उक्त नाका बन्द थियाे । रासस