तुइनबाट खसेर महाकालीमा एक जना बेपत्ता

दार्चुला, १५ साउन- दार्चुलाको ब्यास गाउँपालिका–२ मालमा तुइन तर्ने क्रममा एक जना महाकाली नदीमा बेपत्ता भएका छन्। शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउनका लागि भारतको बाटो हुँदै तुइन तर्ने क्रममा स्थानीय ३५ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रत्यक्षदर्शी जनकसिंह धामीले बताए।

बेपत्ता धामी तुइन तरेर भारतीय क्षेत्रमा पुगेका थिए। तुइनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुइन खोल्न लगाउँदा तारले तानेपछि नदीमा हुत्तिएको धामीको भनाइ छ।

Navadurga sun

‘पाँच छ जना स्थानीयहरु सामान लिन बजार जान भारतको बाटो हुँदै गइरहेका थियौ, तीन जना तुइनबाट भारत तरेका थिए, जयसिंह धामी तर्नेबेला एसएसबी पुगे।’उनले भने,‘एसएसबीहरुले तुइन खोल्न भनि धम्क्याएपछि एक्लै तुइन खोलिरहेका थिए, महाकाली नदीको पानीको बहावले तार खोल्दा तारसँगै मान्छे पनि नदीले तान्यो, नदीमा बगेपछि बेपत्ता छ, खोजिरहेका छौँ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...