सुदूरपश्चिम प्रदेशमा सवारी साधनबाट ४ करोड ५७ लाख ६७ हजार राजश्व संकलन

अत्तरिया, १४ साउन- सुदूरपश्चिम प्रदेशमा चालु आ.व.को अवधिमा सवारी साधन कारवाहीमा साढे ४ करोड बढी राजश्व संकलन भएको छ । आर्थिक बर्ष २०७७/०७८ मा ४ करोड ५७ लाख ६७ हजार राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Dadeldhura hospital

उक्त आ.व. २०७७/०७८ को अवधिमा ७९ हजार ८९ सवारी साधन कारवाहीमा परेका छन । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार एक बर्षको अवधिमा २९ हजार २ सय ८३ मोटरसाइकल कारवाहीबाट १ करोड ६९ लाख ४३ हजार ५ सय राजश्व संकलन भएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै १८ हजार २ सय २४ जिप कार कारवाहीमा १ करोड ४० हजार, १४ हजार २ सय २ सय ६९ ट्रक कारवाहीमा ८५ लाख २० हजार ५ सय, ११ हजार ७ सय ५८ टेक्टर कारवाहीमा ६९ लाख ६९ हजार, २ हजार ८ सय ४३ बस कारवाहीमा १७ लाख ५९ हजार ५ सय र २ हजार ७ सय १२ अन्य सवारी साधन कारवाहीमा १५ लाख ३४ हजार ५ सय राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Loading...