बैतडीबाट शैक्षिक भ्रमणमा गएको बस बर्दियामा दुर्घटना

Dadeldhura hospital

बैतडी- बैतडीको मेलौली नगरपालिकाबाट शैक्षिक भ्रमणको लागि गएको बस बर्दियामा दुर्घटनामा परेको छ । मणिलेक नमुना माविबाट शैक्षिक भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधवार बिहान ५ः४५ बजेतिर दुर्घटनामा परेको हो । बर्दियाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका–४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख तुल्सीराम अर्यालले बताए ।

Ganyapdhura gau

सडक किनारमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा परी १३ जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाको नेपालगन्जमा उपचार भइरहेको जनाएको छ । बसमा ४२ जना सवार रहेको थिए । 

Couple
Loading...