


अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिहानीको समयमा विद्यालय सञ्चालन गर्न निर्देशन गरेका छ ।



जेठ १६ गते देखी अर्को सूचना प्रकाशन नभए सम्मका लागि बिहान ७ बजे देखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । साथै पठनपाठनका लागि अपुग हुने कार्यघण्टा वर्षे बिदाबाट मिलान हुने व्यहोरा नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।








