मुक्त हलियाको सवालमा सार्वजनिक सुनुवाइ

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले मुक्त हलियाको उचित पुनः स्थापनाका लागि प्रदेश सभाको चालू अधिवेशनबाट ऐन पारित गर्ने तथा रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सवालमा ठोस नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश सभा सचिवालय, सञ्चार प्रतिष्ठान नेपाल, कैलाली युएनडिपीको संसद् सहयोग परियोजना र नेपाल एफएमद्वारा सोमबार कञ्चनपुरमा आयोजित सार्वजनिक सुनुवाइमा प्रदेश सभा सदस्यहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Navadurga sun

सो अवसरमा मुक्त हलियाहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका विषयमा प्रदेश सभा र सरकारबाट ठोस नीति र कार्यक्रम ल्याउन आग्रह गरेका थिए । सहभागीहरूले उठाएका सवालको सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मानबहादुर रावल, नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य प्रकाश बहादुर रावल, नेकपा (एमाले) का प्रदेश सभा सदस्य हिरासिंह सार्की, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य लक्ष्मी विकले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा मुक्त हलिया समाज महासङ्घ, नेपालका अध्यक्ष ईश्वर सुनार, कञ्चनपुर अध्यक्ष सिवि लोहार, संस्थाका कार्यकारी निर्देशक हरिसिंह बोहरा, मुक्त हलियाहरुले सवाल उठान गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...