सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टी

Dadeldhura hospital

अत्तरिया, १४ साउन- बिहीबार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २८ जना कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १२१ जनाको नमूना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ६ जना भर्ना भएका छन् । हाल अस्पतालमा २१ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

Loading...