धनगढी–११ र १२ मा गरिएको क्यान्सर शिविरबाट ४ सय ७२ जना लाभान्वित 

धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ११ र १२ मा गरिएको क्यान्सर स्क्रिनिङ शिविरबाट ४ सय ७२ जना लाभान्वित भएका छन् ।

धनगढी महानगरपालिका र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको समन्वयमा सञ्चालित क्यान्सर स्क्रिनिङ शिविरमा ४ सय ७२ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । जेठ ११ गते धनगढी–११ जुगेडा र १२ गते धनगढी–११ घोड्सुवामा क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरिएको हो ।

सहरी स्वास्थ्य सेवा केन्द्र घोड्सुवामा सञ्चालन भएको निःशुल्क क्यान्सर हेल्थ क्याम्पमा २ सय ४ महिला २२ पुरुष गरी जम्मा २ सय २६ जनाले सेवा प्राप्त गरेका छन् । जसमा ९० जनाले भिडियो एक्सरे सेवा, ९० जनाले पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा प्राप्त गरेका छन् ।

धनगढी–११ घोड्सुवामा लागेको शिविरमा आएका कुल सेवाग्राही मध्ये ५ जना शंकास्पद लाई थप जाँचका लागि रेफर गरिएको छ । त्यस्तै धनगढी–१२ स्थित नवदुर्गा आधारभूत विद्यालय जुगेडा ‘बी’ गाउँमा सञ्चालन भएको निःशुल्क क्यान्सर हेल्थ क्याम्पमा २ सय ३८ महिला ३० पुरुष गरी कुल २ सय ६८ जनाले सेवा प्राप्त गरेका छन् ।

जसमा ७८ जनाले भिडियो एक्सरे सेवा, ८३ जनाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् । जुगेडाका कुल सेवाग्राही मध्ये ६ जना शंकास्पद लाइ थप जाँचका लागी रेफर गरिएको छ । दुई दिन चलेको शिविरमा क्यान्सरका ११ जना शंकास्पद लाई थप जाँचका लागि रेफर गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Loading...