हेल्थ डेस्क सीमानाकामा कार्यरत कर्मचारीले ६ महिना देखि पाएनन् तलब

कञ्चनपुर- नेपाल–भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत ६ महिना देखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका ५ वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलब बापतको बजेट उपलब्ध नगराएको हो ।

कोरोना कहर पछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुर स्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । पछिल्लो छ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’ समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्र्पक व्यक्ति हेम राज जोशीले बताए ।

Navadurga sun

यो वर्ष बजेट कम आएकाले कर्मचारीले तलब नपाएका हुन, उनले भने, ‘माथि मन्त्रालयले संशोधन गरेर भए पनि बजेट पठाउने भनेको छ। त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना परीक्षणका लागि किट माग गरेको लामो समय बितिसक्दा पनि उपलब्ध हुन नसकेको जोशीले बताए। ‘किट प्रदेश र सङ्घ दुवैबाट आउने पर्ने हो, लिखित पत्राचारसमेत गरेका छौँ, जोशीले भने, ‘केही समय अघि निर्देशनालयले दुई हजार किट खरिद गरेर त्रिनगर भन्सारको डेस्कमा पठाएकोमा एक हजार प्रयोग भइसकेको छ । उनले किट अभावकै कारण नाकामा कोरोना परीक्षणको काम प्रभावित भएको जानकारी दिए ।

मानाकामा सञ्चालित ‘हेल्थ डेस्क’ मा कोरोना परीक्षणका साथै एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु लगायतका रोगको नमुना जाँच हुने गरेको छ । त्यसबाहेक नाकामा प्राथमिक स्वास्थ्य सेवाका साथै सीमामा पर्ने स्वास्थ्य समस्याबारे सचेतना गराउँदै आएको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...