प्रेस युनियनले ३३ औँ स्थापना दिवस सुदूरपश्चिममा पनि मनायो

धनगढी- नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रेस युनियन सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा कैलाली शाखाको आतिथ्यमा स्थापना दिवस मनाएको हो ।

Dadeldhura hospital

प्रेस युनियनमा आवद्ध पत्रकारहरूले बिहान राष्ट्र बैंक चोकबाट नेपाली कांग्रेस पार्टी कार्यालयसम्म प्रभातफेरी गरेका थिए भने त्यसपछि ९ वटै जिल्ला बाट सहभागी नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरू बिच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका ९ वटै जिल्लाका जिल्ला सभापतिहरुले प्रेस युनियनको जिल्लाको अवस्था र आगामी २६ गते हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए ।

Navadurga sun
Godawari sandesh

प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा भएको शुभकामना आदान प्रदानको कार्यक्रममा युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष प्रेम चुनारा, उपमहासचिव रविन्द्र सुवेदी लगाएको सहभागिता रहेको थियो । नेपाल प्रेस युनियनका कैलालीका शाखा सदस्य शंकर बोहराले सञ्चालन गरेका कार्यक्रममा स्वागत मन्तव्य जिल्ला अध्यक्ष सिताराम ओझाले राखेका थिए । कार्यक्रममा ५० बढी पत्रकारको उपस्थिति रहेको उनले बताए ।

Loading...