दार्चुलाको अपी हिमालका तिन ओटै खाद्य डिपोमा सकियो चामल

दार्चुला- दार्चुलाको खाद्य डिपोमा चामल सकिएको छ । जिल्लाको अपी हिमाल गाउँपालिकाको खाद्य डिपोमा चामल सकिएको हो ।

विगत लामो समय देखी पालिका भित्र रहेका डिपोमा चामल सकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भक्त सिँह ठेकरे बोहराले पालिका भित्र स्थापना भएका खण्डेश्वरी खाद्य डिपो, घुसा खाद्य डिपो र सितोला खाद्य डिपोमा खाद्यान्नको चामल सकिएको बताए । उनले डिपोमा चामल नहुँदा स्थानियहरु महंगो मुल्यमा स्थानीय व्यापारीबाट चामल किन्न बाध्य बनेका बताए ।

खण्डेश्वरी खाद्य डिपोमा अहिले जिरा मसिनो चामल १५० क्विन्टल मौज्दात रहेकोमा अन्य दुई डिपोमा मोटो र मसिनो दुबै चामल सकिएको अध्यक्ष बोहराको भनाई छ ।

Loading...