नदी तर्ने क्रममा बेपत्ता भएका खानको शव फेला





अत्तरिया- नदी तर्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । उनी भारतीय नागरिक रहेको समेत पुष्टी भएको छ ।



टीकापुर नगरपालिका-१ खक्रौलास्थित मोहना नदी तर्ने क्रममा बगेर बेपत्ता भएका भारतको लखिमपुर खिरीका १८ वर्षीय सैवाजरिवास खानको शव फेला परेको प्रहरीले जनाएको छ ।


बगेर बेपत्ता भएका उनको शव सीमावर्ती क्षेत्रमा भारततर्फ नदीमै फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । खान भारतबाट नेपालतर्फ आउने क्रममा नदि तर्दै गर्दा बगेको प्रहरीले जनाएको छ । भारतबाट आएका मृतकका आफन्तले खानको शव बुझेर लगेको प्रहरीले जनाएको छ ।



