

अत्तरिया- कैलालीको अत्तरिया घर भएकी पल्लवी रोकायाले स्नातक तहमा विश्वविद्यालय टप गरेकी छन । अमेरिको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रेसिडेंशियल बिजनेस स्कूलमा पढ्दै आएकी पल्लवीले ४ जिपिए ल्याएर विश्वविद्यालय टप गर्दै गोल्ड मेडल प्राप्त गरेकी हुन ।

उक्त विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न कलेजहरु मध्ये पल्लवीले सबै भन्दा बढी अंक प्राप्त गरेकी थिईन । कैलालीको अत्तरियामा स्थायी घर भएकी उनी हाल काठमाण्डौमा अध्यापनको सिलसिलामा रहँदै आएकी छन । पल्लवी नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकायाकी जेठो छोरी हुन ।