दार्चुलाको जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थाले




दार्चुला, १४ साउन- दार्चुलाको जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेको अस्पतालले जनाएको हो ।



अस्पतालका अनुसार पछिल्लो समय भाइरल ज्वरोको उपचारका लागि दैनिक ८० जनाभन्दा बढी बिरामी अस्पतालमा आउन थालेका छन् । बिरामीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखापर्ने गरेको अस्पतालले जनाएको छ ।


मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका हुँदा झोलीलो पदार्थ बढी खान, प्रशस्त पानी पिउन, खानपिन र सरसफाइ लगायतमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।



