प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा, भोली बिहान ८ बजे मुख्यमन्त्री सोडारीले उद्घाटन गर्ने

अत्तरिया- कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा हुने सुदूरपश्चिम प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा भएको छ ।

जेठ ११ र १२ गते अत्तरियामा हुने सामुदायिक र सार्वजनिक पुस्तकालयहरूको प्रदेश स्तरीय सम्मेलनको तयारी पुरा भएको पुस्तकालयले जनाएको छ । सम्मेलनको भोलि बिहान ८ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीले उद्घाटन गर्ने कार्यक्रम रहेको पुस्तकालयले जनाएको छ ।

सम्मेलनलाई सफल पार्न विभिन्न उप समितिहरू गठन गरिएको छ । जसमा सांस्कृतिक संयोजक लिलाधर बास्कोटा, आवास तथा भोजनालय संयोजक धर्म सिंह कुँवर, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन संयोजक कमला भट्टराई र प्रतिनिधि व्यवस्थापन तथा समन्वय संयोजकको जिम्मेवारी भुपेस जोशीलाई प्रदान गरिएको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १–१ जना र कैलाली कञ्चनपुरका सामुदायिक पुस्तकालय बाट २–२ जना व्यक्तिको उपस्थिति रहने गरि सुदूरपश्चिम प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरूको प्रतिनिधित्व हुनेछ ।

उक्त सम्मेलनमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालसंग समन्वय/सहकार्य गरेको छ ।

Loading...