Division ban Pahalmanpur

बैतडीका एक युवक भारतको हुब्ली रेल्वे स्टेशनबाट बेपत्ता

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

बैतडी- बैतडीका एक युवक रोजगारीको सिलसिलामा भारत जाँदै गर्दा बाटोबाटै बेपत्ता भएका छन् । जिल्लाको दोगडा केदार गाउँपालिका ३ का अन्दाजी ४० वर्षीय कैलाराम भुल रोजगारीको सिलसिलामा भारत जाँदै गर्दा बेङ्गलोर नपुगी बाटोबाटै बेपत्ता भएका हुन ।

करिब एक हप्ता अगाडि रोजगारीको लागी बेङ्गलोर जान्छु भनी गएका लक्ष्मण बेङ्गलोर नपुगी बाटोमै बेपत्ता भएका दोगडाकेदार गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कालुराम सार्किले बताए । बेङ्गलोर जाँदै गर्दा भारतको हुब्ली रेल्वे स्टेशनबाट भुल बेपत्ता भई तिन दिन सम्म पनि सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले खोज तलासका लागी सबैमा आग्रह समेत गरेका छन् । भुलको घरमा श्रीमती एक छोरा र छोरी रहेका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...