Division ban Pahalmanpur

सुदूरपश्चिमका देउवा पुगे सगरमाथाको चुचुरोमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- सुदूरपश्चिम स्थित डडेल्धुरा घर भएका नेपाली सेनाका मेजर गजेन्द्र देउवाले सगरमाथा आरोहण गरेका छन् । नेपाली सेनाको मुस्ताङ स्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा दरबन्दी भएका देउवाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् । उनले एकल रुपमा सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्न सफल भएको बताए । उनी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका- २ घर भएका देउवाले जेठ ८ गते बिहान ९ः२५ मा सगरमाथाको चुचुरोमा टेकेका थिए । उनले बैशाख २७ गते देखि आरोहणको तयारी थालेकोमा जेठ ५ गते आरोहण सुरु गरी जेठ ८ मा आरोहण भ्याएका थिए । आफू हिजोमात्रै बेसक्याम्पमा फर्केको र अहिले पनि सगरमाथा क्षेत्रमै रहेको उनको भनाई छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...