काम खोज्न भारत हिडेका मान बहादुर बाटोमै लुटिए

धनगढी- भारतमा रोजगारी गरेर फर्किदा बाटोमै लुटिने थुप्रै घटना सुनिन्छन् । उनीहरूले मजदुरी गरेर कमाएको धनमाल लुटेर अलपत्र पर्ने गरेका छन् । यस पटक रोजगारीका लागि भारत जाने क्रममै एक नेपाली लुटिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का मान बहादुर बुढा भारत जाने क्रममा सीमा क्षेत्र नजिकै लुटिएका हुन् । भारत उत्तराखण्डको ऋषिकेश जान लागेका उनलाई मंगलबार सीमा क्षेत्रमा बिँडीमा नशालु पदार्थ खुवाएर लुटिएका हुन् । उनका अनुसार भारतको ऋषिकेश सम्म पुग्ने भाडादेखि लुगा कपडा, नागरिकता र बैंकको चेक सबै लुटिएको हो ।

Navadurga sun

‘बिँडी पिउन दियो, त्यसपछि बेहोस भए, खल्तीको पैंसा र लुगाको झोला सबै लगेर गयो,’ बुढाले भने, ‘नागरिकता, कम्पनीको परिचयपत्र, बैंकका कागजात पनि केही बांकी राखेन ।’ ५९ वर्षीय बुढा २६ वर्ष देखि ऋषिकेशमा गाडीका पार्टस् बनाउने कम्पनीमा चौकीदारको काम गर्थे । २० दिन अघि मात्रै बिदामा घर आएका थिए ।

मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका बुढालाई प्रहरीले महाकाली प्रादेशिक अस्पताल पुर्‍याएको थियो । उपचार पछि होसमा आएका उनी घरतर्फ हिँडेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीमा स्थापना गरेको नागरिक सहायता कक्षले उनलाई घर सम्म पुग्ने खर्च दिएर घर पठाएको हो ।
नागरिकता र परिचयपत्र समेत लुटिएपछि उनी नागरिकता बनाउन फेरि घर फर्केका हुन् । परिवारले समेत घरमै पठाइदिन आग्रह गरेको नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहोराले बताए । उनले लुटेरोको खोजीका लागि पनि दुवै तर्फका सुरक्षाकर्मीलाई आग्रह गरेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...