बाजुराबाट रारा तर्फ जाँदै गरेको जिप दुर्घटना

बाजुरा- बाजुराबाट रारा तर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । जिल्लाको हिमाली गाउँपालिका-५ कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजाँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका-२ जाम हिलटपमा दुर्घटना भएको हो ।

जिपमा सवार १२ जना घाइते भएका छन् । घाईत हुनेहरूमा ९ जना विद्यार्थी, २ जना शिक्षक र चालक छन् । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । चालक लाल बहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्य सबैको अवस्था सामान्य रहेको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

Loading...