जैविक विविधता संरक्षणमा चुनौती

कञ्चनपुर- वन डढेलो, अतिक्रमण, फँडानी, चोरी सिकारी लगायत विविध कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका छन् । 

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित कृष्णबैजनाथ बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा  आयोजना गरेको जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण सम्बन्धी एक दिने तालिममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले मानवीय आवश्यकता बढ्दै जाँदा वन क्षेत्र घट्दै जानु चिन्ताको विषय भएको बताए ।

Navadurga sun

देशमा सबै भन्दा बढी कैलाली र कञ्चनपुरमा वन अतिक्रमण भएको चर्चा गर्दै उहाँले त्यसबाट वन्यजन्तुको बासस्थान तथा  सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको बताए । पृथ्वीको तापक्रम बढ्दै जाँदा जलवायु परिवर्तनको असर यहाँ पनि देखिन थालेको छ” उनले भने, ‘तराईमा मात्र पाइने वनस्पति र जीवजन्तु हाल पहाडी क्षेत्रमा पनि भेटिन थालेका छन् ।’

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले जैविक विविधता संरक्षणका लागि विद्यालय स्तरबाटै चेतना जगाउनुपर्ने विचार व्यक्त गरे ।

क्याम्पसका उपप्रमुख भवराज निरौलाले निकुञ्ज, संरक्षित क्षेत्र लगायत प्राकृतिक स्थलमा बस्ने जीवजन्तुलाई मात्र संरक्षण गरेर नहुने भएकाले चरन क्षेत्रमा निर्भर स्थानीय समुदायको जीविकोपार्जन प्रति पनि ध्यान दिनु पर्ने बताए । क्याम्पस व्यवस्थापन समितिका सदस्य शेर बहादुर साउदले वन माथिको निर्भरता कम गर्न  नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिए ।  रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...