Division ban Pahalmanpur

कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

अत्तरिया- कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । करेन्ट लागेर घाइते भएर सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...