कञ्चनपुरमा कपास उद्योगमा आगलागी

कञ्चनपुर- कञ्चनपुरमा कपास उद्योगमा आगलागी भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-६ नौलाखेत खैरानी चौराहा स्थित भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने जगत सापकोटाले सञ्चालन गरेको काठ, जस्ता र फलामबाट निर्मित सिद्दनाथ कपास उद्योगमा बिद्युतको तार सट भएर आगलागी भएको हो ।

आगलागी हुँदा सिरक, डस्ना, कम्मल र मेसिन लगायतका समान गरी अन्दाजी ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...