धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने

धनगढी- कैलालीको धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ । जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको हो । साहारा नेपाल युवा क्लबले सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण गर्ने भएको हो। प्रतियोगिता टि–२० फरमेटको प्रणालीबाट खेलाइने छ ।

धनगढी उपमहानगरपालिका– १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने छ । जेठ १६ गते देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ । प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए ।

अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ । खेलमैदान सफाई देखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए ।

Loading...