रियाब सेन्टर सञ्चालक हरूलाई मनोसामाजिक तालिम

धनगढी- लागूऔषध पुनःस्थापना केन्द्र (रियाब) का सञ्चालक तथा कर्मचारीहरूलाई मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको छ । प्रदेश युवा परिषद सुदूरपश्चिमको आयोजनामा ६ दिने मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको हो । सुदूरपश्चिममा सञ्चालित २० जना लागू औषध पुनःस्थापना केन्द्र (रियाब) का सञ्चालक तथा कर्मचारीहरूलाई धनगढीमा तालिम दिइएको हो । मनोसामाजिक सम्बन्धीका प्रशिक्षकहरु बाट उनिहरुलाई तालिम दिइएको प्रदेश युवा परिषदले जनाएको छ ।

आज एक कार्यक्रमका बिच सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले लागूऔषध पुनःस्थापना केन्द्र सञ्चालक तथा कर्मचारीहरूका लागी यो तालिम महत्वपूर्ण रहेको बताए ।

लागूऔषध पुनःस्थापना केन्द्र व्यापारमुखी मात्रै नभएर सेवामुखी बनाउनुपर्ने जोड दिएका कुवँरले तालिममा सिकेका कुराहरूलाई दैनिक काम काजमा कार्यान्वयन गर्न सुझाव दिए । कसरी बढी भन्दा बढी लागूऔषध सेवनकर्ताहरुलाई निको बनाएर सक्षम नागरिक बनाउन सकिन्छ त्यो बाटोमा लाग्न उनले सुझाव दिए ।

कार्यक्रमको अध्यक्ष रहेका प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य हिरा सिहं धामीले यस तालिमबाट लागूऔषध पुनःस्थापना केन्द्र सञ्चालकहरुमा मनोसामाजिक उर्जा थपिएको बताए । सुधार केन्द्रमा आएका ब्यक्तिहरू सँग गर्नुपर्ने व्यवहार, उहाँहरूका मनोभावना बारे धेरै कुरा सिक्न पाएको र यसलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।

Loading...