Division ban Pahalmanpur

संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले सडक आन्दोलन गर्ने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाण्डौ- सहकारी रकम हिनामिना बारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।

सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने मुख्य माग राख्दै पहिलो चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्रौलाले बताइन । त्यसपछि ठगी भएका ठूला सहकारी रहेका सहर पोखरा, बुटवलमा आन्दोलन गर्ने उनको भनाइ छ ।

Malpot office jogbudha

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ । सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सैद्धान्तिक सहमति भएको छ ।

समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदलसमेत बनेको थियो । कार्यदलमा नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल थिए ।

कार्यदलको तीन चरणमा बैठक बसे पनि क्षेत्राधिकार टुंगो लागेको छैन । नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री नै मुछिएको भन्दै उनको नाम लेखेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ ।

एमाले र रास्वपाले भने गृहमन्त्री जोडिएको भनिएको बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीको नाम अनुसूचीमा लेखेर जानुपर्ने बताए पछि कुरा मिल्न नसकेको हो । संसदीय छानबिन समिति नबनाइ सत्तापक्षले पेलेरै सदन चलाएको भन्दै प्रतिपक्षी कांग्रेस रुष्ट छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...