व्यवसायिक सेवा प्रदान गर्नेमा गोदावरी पहिलो

अत्तरिया- कैललाीको गोदावरी नगरपालिका व्यवसायिक सेवा प्रदान गर्नेमा पहिलो नगरपालिका बनेको छ । गैर सरकारी संस्था जिआइजेडले सुदूरपश्चिमका १० र कर्णालीका ९ ओटा पालिकामा गरेको सर्वेक्षणमा व्यवसायिक सेवा प्रदान गर्नेमा गोदावरी नगरपालिका पहिलो नम्बरमा देखिएको हो ।

यस सूचकमा व्यवसायिहरुको सगंठनमा आवद्धतता,पालिकामा गैर वित्तिय संस्थाहरुको पहुँच र गुणस्तर, वित्तिय संस्थाहरुको अवस्था, व्यवसायिलाई आवश्यक पूर्वाधार र जलवायु परिवर्तन सम्बन्धीका सेवाहरुलाई दाँजेर वैज्ञानिक विधीबाट सर्वेक्षण गरिएको जिआइजेडले जनाएको छ ।

जिआइजेडले आफुले काम गर्दै आईरहेका १९ ओटै पालिकामा विभिन्न ४९ सूचकहरुमा सर्वेक्षण गरेको जनाएको छ । अधिकांश सूचकहरुमा गोदावरी नगरपालिकाको अवस्था राम्रो देखिएको बताउँदै जिआइजेडले कमजोर पक्ष पनि औंल्याएको छ ।

गोदावरीको कुल बजेटमा स्थानीय राजश्वको उच्च योगदान रहेको तथा प्रति एक हजार बासिन्दामा कर तिर्नेको संख्या पनि तुलनात्मक रुपमा उच्च रहेको पाइएको छ ।

गोदावरी नगरपालिकाको बजेट, प्रतिव्यत्ति विकास खर्च र उद्यम संख्याको तुलनामा प्रशिक्षण भने नगरपालिकामा न्यून रहेको जिआइजेडले औंल्याएको छ । त्यस्तै लगानी र उत्पादनमा नवीनतम योजना पनि गोदावरी संग नभएको पाइएको बताईएको छ ।

Loading...