धनगढी- चामल किन्न पाएपछि दुर्गम भेगका बासिन्दाको अनुहारमा खुसी छाएको छ । बाजुरा जिल्लाको दुर्गम भेगका स्थानीयले वर्षातको जोहो गर्न चामल पाएपछि खुसी भएका हुन् । जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको अति विकट गाउँ मुक्तिकोट विक्री केन्द्रबाट सोमबार देखि चामल विक्री गर्न थालिएको हो ।
सो गाउँपालिकाको वडा नम्बर १ र २ (साविक साप्पाटा) का स्थानीयलाई नेपाल खाद्य तथा व्यापार कम्पनीले ६६ रुपैयाँ प्रतिकिलोका दरले मोटा चामल बिक्री वितरण सुरु गरेको छ ।