सूर्य ज्योति लाइफ कम्पनी सुदूरपश्चिम प्रदेश प्रमुख भट्टको निधन

धनगढी- सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख जगदिश प्रसाद भट्टको निधन भएको छ । सोमबार राति भट्टको अचानक निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

सुदूरपश्चिममा लामो समय देखि इन्स्योरेन्स क्षेत्रमा कार्यरत भट्टको असामयिक निधनले बिमा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै उनका शुभचिन्तिकले दुःख व्यक्त गरेका छन् । साथै युवा उमेरमै भएको निधनप्रति बिमा कम्पनीमा आवद्धहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।

Loading...