डडेल्धुरा- डडेल्धुरामा हावाहुरीका कारण रुख खसेपछि दुई जना घाइते भएका छन् । जिल्लाको भागेश्वर गाउँपालिका–३ मा सल्लाको खोटो सङ्कलनका लागि गएका दुई जना सोमवार राति घाइते भएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका चक्र सिजाली मगर र डोटीको जोरायल गाउँपालिका–४ पातलका ४१ वर्षीय उधव सिजाली मगर माथि सल्लाको रुख खसेको हो ।
डडेल्धुरा प्रहरीका अनुसार चक्रको टाउको र ढाडमा चोट लागेको छ । उधवको दुबै खुट्टा र टाउकोमा चोट लागेको छ । डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई धनगढी ल्याइएको छ ।