कैलालीको अत्तरियाबाट तीन जना पक्राउ

धनगढी- कैलालीको अत्तरियाबाट तीन जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडबाट तीन जना लागूऔषध सहित पक्राउ परेका हुन् । 

मालाखेती प्रहरीका अनुसार मङ्गलवार धनगढी उपमहानगरपालिका–३ मिलन चोकका रोहन घिमिरे, डोटीको दीपायलमा बस्ने ललित नाथ र डोटीको बान्डुरे सैन बस्ने रोशन खड्का पक्राउ परेका हुन् ।

उनीहरूको झोलाको खल्तीमा एक दशमलव १०० ग्राम लागूऔषध फेला परेको हो । नाइट्रोभेट सात ट्याब्लेट र २ मोबाइलसमेत प्रहरीले उनीहरूको साथबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, मालाखेतीले उनीहरूको विषयमा थप अनुसन्धान गर्दै छ । 

Loading...