धनगढी उपमहानगरपालिकाले ढुवानीका साधन भाडामा दिने निर्णय

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले आफूसँग भएका मेसिनरी एवं ढुवानीका साधन भाडामा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाको स्वामित्वमा रहेका मेसिनरी तथा ढुवानीका साधन भाडामा दिने निर्णय भएको हो । 

दैनिक र प्रतिघण्टा भाडा दर नै तोकेर कुनै व्यक्ति एवं संघसंस्थाले लिन चाहेमा उपलब्ध गराउने भन्दै उपमहानगरपालिकाले सूचना नै जारी गरेको छ । इन्धन बाहेक टिपर प्रतिदिन ५ हजार, भ्याकु लोडर प्रति घण्टा १ हजार १ सय ५० र पानी टंकी प्रतिघण्टा ५ सयमा भाडामा दिने निर्णय गरिएको छ।

Loading...