कैलालीमा नयाँ ट्राफिक प्रहरी प्रमुख भए हाजिर

धनगढी- कैलालीमा नयाँ ट्राफिक प्रहरी प्रमुख हाजिर भएका छन् । कैलालीका नयाँ प्रमुख प्रहरी निरीक्षक गंगा बहादुर सारु कार्यालयमा हाजिर भएका हुन् ।

यस अघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुख विहीन बनेको थियो । इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीबाट सरुवा भइ आएका सारु सोमबार देखि कार्यालयमा हाजिर भएका छन् ।

Loading...