Division ban Pahalmanpur

सुदूरपश्चिममा सवारी दुर्घटना भयावह

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- बैशाख ५ गते डोटीको दिपायलबाट धनगढी आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत प्रिती मिश्रा गम्भीर घाइते भइन् । डडेल्धुरामा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते प्रितीको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । उनी धनगढी स्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् । त्यस्तै बैशाख २४ गते मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पुर्व वडा अध्यक्षको पनि मृत्यु भयो ।

कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार आलिताल गाउँपालिका–१ का ५५ वर्षीय पूर्ण बहादुर ऐरको मृत्यु भएको हो । यी दुई वटा घटना केबल प्रतिनिधि उदाहरण मात्र हुन् । चालु आर्थिक वर्षको १० महिनामा यसरी सवारी दुर्घटनामा अकालमै ज्यान गुमाउनेको संख्या सुदूरपश्चिममा १ सय ४५ पुगेको छ ।

Malpot office jogbudha

सो अवधि सम्म सवारी दुर्घटनामा  परेर १ सय १५ पुरुष, २० महिला र १० बालबालिका गरेर १ सय ४५ जनाले अकालमै ज्यान गुमाउन पुगेका छन् । ४ सय ५५ जना घाइते भएका छन् । सो अवधिमा १ सय ७५ मोटरसाइकल, ४४ जिप/कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल/रिक्सा, १६ टेम्पो, १४ ट्रक, ट्याङ्कर, ७ टिपर, ७ माइक्रो र ३ वटा डोजर गरेर ३ सय ३८ वटा सवारी दुर्घटनामा परेका छन् ।

गत वर्ष २ सय ५५ सवारी दुर्घटनाबाट १ सय ७७ जनाको मृत्यु भएको थियो । १ सय ९७ जना गम्भीर घाइते र २ सय ७६ जना सामान्य घाइते भएका थिए । सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा ४ करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउन देखि वैशाख मसान्त सम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेतीले बताए । गत आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख १२ हजार ६ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट ६ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको उनले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...