मालपोतका प्रमुख सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

धनगढी- टीकापुर मालपोतका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली सहितका ८ जना विरुदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी लाभ तथा हानी पुगाई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाइलीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनी सँगै नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्द सहित ८ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको छ । मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाइली र नायब सुब्बा अग्नि बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्वेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशीलबहादुर रावल र बिमल बहादुर रावल विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्रुदा दायर भएको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा दफा २२ को प्रतिबन्धात्मक व्यवस्था बमोजिम उनीहरू विरुद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी गरेको छ । कैलालीको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाहा) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिएको अख्तियारको दाबी छ ।

Loading...