सुदूरपश्चिममा रास्वपाले छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने

धनगढी- सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्यटन प्रवद्र्धन र छाउपडी विरुद्धको अभियान चलाउने भएको छ । अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिवार बसेको प्रदेश समितिको पूणर् बैठकले रामारोशन सहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्ने निणर्य गरेको हो ।

पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले प्रदेशका पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन, सुदूरपश्चिममा व्याप्त छाउपडी कुप्रथा विरुद्धको अभियान चलाउने लगायतका निणर्य गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्याप्त छाउपडी कुप्रथा विरुद्ध सचेतनामूलक अभियान चलाउने र उक्त अभियान पार्टी सदस्य स्वयंको परिवारबाट सुरु गर्ने निणर्य गरिएको प्रदेश महामन्त्री पारस बाहुनले बताए । उनका अनुसार पार्टीमा आबद्ध नेता, कार्यकर्ताले छाउपडी कुप्रथा अवलम्बन गरेको तथा परिवारका सदस्यलाई छाउपडी अवलम्बन गर्न दबाब दिएको पाइएमा कारवाही गरिनेछ ।

त्यस्तै बैठकले पार्टीको परिमार्जितले विधानले सुदूरपश्चिम प्रदेशमा संगठन गठनमा समस्या देखिएको भन्दै प्रवक्ता सन्तोश राज जोशीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन, पार्टीका नेता, कार्यकर्ताको अनुशासन र आचरणका लागि रामारोशन आचारसंहिता बनाउँदै पारित समेत गरेको प्रदेश सदस्य हेमन्त नारायण जोशीले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश सभापति विष्टले एकताबद्ध भएर सुदूरपश्चिम प्रदेशमा पार्टी संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन् । उनले अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरण जबरजस्ती विवादित बनाउन खोजिएकाले निराश नहुन आग्रह पनि गरेका छन् । लामिछाने स्वयंमले समेत यो विषयमा आम जनतालाई प्रष्ट पार्न आवश्यक रहेको बताए ।

पार्टीले सरकारमा रहेर सन्तोशजनक काम गरेको बताउँदै उनले जनताको अपेक्षा ठूलो भएकाले सोही अनुसारका काम गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

Loading...