लडेर घाइते भएका एक विद्यार्थीको मृत्यु

बैतडी- बैतडीमा लडेर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-४ भुमेश्वर मावि ठाँडमा कक्षा ९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

पाटन नगरपालिका-४ बथ्थी घर भएका विक गत शुक्रबार विद्यालयमा कुर्सी बाहिर ल्याउने क्रममा लडेर घाइते भएका थिए। छातीमा चोट लागेका विकलाई डडेल्धुरा अस्पताल पुगाइएको थियो।

Navadurga sun
Godawari sandesh

उपचारपछि अस्पतालबाट घर ल्याइएकोमा उनको शनिबार बिहान मृत्यु भएको हो । अस्पतालबाट उपचार गरेर फर्केका विकलाई शनिबार बिहान असहज भएपछि पाटनस्थित डिएस पोलिक्लिनिकमा लगिएकोमा उनको सोही स्थानमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

Couple
Loading...