धनगढीमा कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बिपीएस किड्स कप हुँदै

धनगढी- नेपालमै पहिलो पटक सिटी अफ क्रिकेट धनगढीमा अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप २०८१ सञ्चालन हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डी.सी.ए.) को आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।

Ganyapdhura gau

जेठ ६ देखी ११ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ, भने उपविजेतालाई क्रिकेट किट सेट, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने शनिवार धनगढी क्रिकेट एकेडेमीको खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ ।

Navadurga sun

कैलालीका १५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले साइकल सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति, उत्कृष्ट बलरले जुत्ता, उत्कृष्ट व्याटरले ब्याट सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति प्राप्त गर्ने र उदयमान खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति एवं ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक डी.सी.ए. का म्यानेजर समुयल न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार प्रतियोगितामा १०/१० ओभरको खेल खेलाइनेछ । प्रत्येक टिमले दुई वटा म्याच खेल्न पाउने छन् । विजयी टिमहरूले प्राप्त गर्ने अङ्क अनुसार प्रथम चार टिम सेमी–फाइनलमा प्रवेश गर्ने छन् । सबै खेलाडी एउटै किसिमको रङ्गिन जर्सीको साथमा आउनुपर्नेछ । प्रतियोगितामा ग्रिन टेनिस बलको प्रयोग हुने छ । प्रतियोगितामा एल.बि.डब्ल्यु बाहेक आई.सी.सी. को सबै नियम लागु हुनेछ । अम्पायरको निर्णय सबैलाई मान्य हुनेछ । खेलमा विवाद आए आयोजकको निर्णय अन्तिम निर्णय हुनेछ ।

त्यस्तै प्रत्येक टिममा १४ खेलाडी र २ अफिसियल हुनु पर्नेछ । खेलको समयमा कुनै चोटपटक लागेमा आयोजकले प्राथमिक उपचार मात्र गर्नेछ । बाहिरबाट आएको टिमले खान बस्नको व्यवस्था स्वयं गर्नुपर्ने छ । भने प्रतियोगितामा सहभागी विद्यालयहरूले अन्य विद्यालयको अथवा आफ्नै विद्यालयको पनि कक्षा ६ भन्दा माथिको विद्यार्थी राखेमा अथवा राखेको प्रमाणित भएमा उक्त विद्यालयलाई दुई वर्ष सम्म धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने कुनै पनि विद्यालय स्तरीय प्रतियोगिताहरू मा सहभागिता रोक लगाइने र प्रवेश शुल्कको दोब्बर जरिवाना तिर्नु पर्ने आयोजकले जनाएको छ ।

Dadhaldhura pur

धनगढी क्रिकेट एकेडेमी आयोजक रहेको उक्त प्रतियोगितामा ब्राईटवे पब्लिक स्कुल टाइटल स्पन्सर रहेको छ भने सुदूर पश्चिमाञ्चल कलेज, कैलाली जिल्ला क्रिकेट संघ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, चौलानी सुरुवात नयाँ सोचको, ग्रिन क्लिन धनगढी, ब्रेड बक्स, सिपी हस्पिटल र वल्डलिङ्कको साथ रहेको छ ।

त्यस्तै वाल्मीकि ईन्टरनेस्नल स्कुलको क्रिकेट टिमको प्रतिनिधित्व गरिरहेका कक्षा ५ मा अध्ययनरत खेलाडी सिरिस भण्डारीले पहिले आफ्नो उमेर समूहको व्यक्तिहरूले टुरनामेन्ट खेल्न नपाउने भए पनि यस पटक बाट आफूहरूले पनि टुर्नामेन्ट खेल्ने अवसर पाउँदा निकै खुसी लागेको बताउँदै ट्रफी जित्ने कोसिस गर्ने उनको भनाई छ ।

धनगढी सिटी अफ क्रिकेटमा क्रिकेट सम्बन्धी भइरहेका यस्ता खेलहरूले स-साना नानी बाबुहरू लाई क्रिकेटमा पनि भविष्य छ भनेर प्रेरणा मिल्ने र पछिल्लो समय नेपालमा क्रिकेट प्रति बढ्दै गइरहेको क्रेजलाई आत्मसाथ गर्दै गइरहेका नेपाली क्रिकेट टिमका भोलिका भविष्यहरू लाई यो ग्रास रुट लेबलको क्रिकेट प्रतियोगिता निकै नै लाभदायक बन्ने सी.सी.एस. क्रिकेट टिमका म्यानेजर गोकर्ण जोशीले विश्वास व्यक्त गरे ।

क्रिकेट खेलाडीहरू लाई अभ्यास गराएर मात्रै नपुग्ने र यस्तो खेल आयोजना हुँदा फिल्डमा कसरी खेल्ने, प्रेसर कसरी मेन्टेन गर्ने लगायतका अभ्यास गर्दा सिकेका सीपहरू फिल्डमा देखाउन पाउँदा झन् खेलाडीहरू मा निखार आउने बताउँदै क्रिकेटमा भविष्य देख्ने बालबालिका हरू मा अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप ले उत्साह र प्रेरणा थप्ने कैलाली जिल्ला क्रिकेट संघका सचिव तथा धनगढीमा जारी ग्रास रुट क्रिकेट कार्यक्रम अन्तरगत चन्द्रोदय मा.वि.का क्रिकेट कोच देव नारायन झाले प्रतियोगिता सफल पार्न सबैले साथ सहयोग गर्न आवश्यक रहेको औँल्याए ।

‘खेलाडी उत्पादन गर्ने भनेको तलै देखी हो, नेपालमै पहिलो पटक डी.सी.ए. ले कक्षा ६ मुनिका विद्यार्थीहरू लाई समावेश गरी यस्तो प्रकारको नौलो प्रयासमा हामीले सहयोग गर्न पाउँदा निकै खुसी छौँ । यो पहीलाे प्रयास भएका कारण कमी कमजोरीहरू पनि हुन सक्छन्, सबैले हातेमालो गर्दै बि.पी.एस किड्स कप २०८१ लाई सम्पन्न गर्न सहयोग गरौँ ।’ ब्राईवे पब्लिक स्कुलका प्रधानाध्यापक कुवेर साउँदले भने ।

उक्त प्रतियोगिताका कार्यक्रम संयोजक सन्दीप भट्टले समन्वय गरेको उक्त पत्रकार सम्मेलनमा ६ कक्षा मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कपको ट्रफी तथा खेल तालिका समेत सार्वजनिक गर्दै खेलमा पालना गर्नु पर्ने नियमहरू बारे समेत स्पष्ट पारिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...