राप्रपाको बृहत मोटरसाइकल र्‍याली

अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशको अवस्था र ब्यवस्था परिवर्तन गर्न बृहत मोटरसाइकल र्‍याली  को आयोजना गरेको छ । शनिबार अत्तरियाको लामिताल बाट सुरु भएको र्‍यालीमा करिव वटा ४ पांग्रे गाडी र करिव ८० मोटरसाइकलमा राष्ट्रिय तथा पार्टी झण्डा र करिव  १ सय ६० जनाको सहभागिता सहितको बृहत मोटरसाइकल र्‍याली सुरु भै रिङ्गरोड परिक्रमा गरि अत्तरिया चौक हुँदै धनगढी पार्क मोडमा पुगी कोणसभामा परिणत भएको थियो । 

भ्रष्टाचारको अन्त गर्न संघीय संघीयता खारेज गर्न प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री र हिन्दु अधिराज्य स्थापना गर्न दबाब स्वरूप र्‍यालीको आयोजना गरिएको उक्त र्‍यालीमा धर्मनिरपेक्षता खारेज गर, हिन्दु अधिराज्य कायम गर, प्रदेश संरचना ख़ारेज गर, जय जय गोरख जय जय काली हिन्दु राष्ट्र यसैपाली, विधिको शासन कायम गर, जी.वि राई कहाँ छ रविलाई थाहा छ, भ्रष्टाचारी सरकार मुर्दावाद, विदेशी दलाल मुर्दावाद, राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद, लगायतका नारा लगाइ र्‍यालि धनगढी तर्फ प्रस्थान गरेको थियो ।

Navadurga sun

कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको पनि संलग्नता रहेको उक्त कार्यक्रमको सञ्चालन नगर अध्यक्ष राम शेरजँग स्वारको नेतृत्वमा भएको  कोणसभामा जिल्ला अध्यक्ष होम बहादुर गुरुङ, प्रदेश उपाध्यक्ष रोमजङ स्वार, माननीय खेमा देवी बिष्ट, धर्मराज जोशी, केन्द्रीय सदस्यहरू युवा नेता बिराज बिष्ट, सामाजिक अभियन्ता दुर्गा पोखरेल, लगायतकाको संलग्नता थियो । कार्यक्रममा राप्रपा नेता तथा कार्यकर्ताहरूको उपस्थिति समेत रहेको थियो । राष्ट्रव्यापी कार्यक्रम १९ वटा स्थान महानगर, उपमहानगर र नगरमा समेत भएको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...