Division ban Pahalmanpur

कैलालीमा हिउँदे बाली उत्पादन वृद्धि

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीमा हिउँदे बाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा ३ दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो । दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्याम राज जोशीले बताए । गत वर्ष जिल्लाभर ३४ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा १ लाख ३ हजार ४ सय ७१ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३२ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा १ लाख १२ हजार ३ सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिए।

उनले गत वर्षको तुलनामा १ हजार ७ सय २५ हेक्टर कम क्षेत्रफलमा गहुँखेती गरिए पनि दाना लाग्ने बेलामा पानी परेकाले गहुँ उत्पादनमा वृद्धि भएको जानकारी दिए । त्यसैगरी यो वर्ष ९ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएकामा १० हजार ४ सय ९१ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष ९ हजार ५ सय चार हेक्टर क्षेत्रफलमा ८ हजार ७ सय ७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो । यस वर्ष दलहन बाली १ हजार ७ सय २१ मेट्रिकटनले वृद्धि भएको हो ।

Malpot office jogbudha

यो वर्ष १४ हजार ६० हेक्टरमा तेलहन बाली लगाइएकामा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा १३ हजार ७ सय ९७ मेट्रिकटन तेलहन बाली उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यस्तै ५४ हजार ८२ हेक्टर क्षेत्रफलमा यस वर्ष हिउँदे तरकारी खेती गरिएकामा ६९ हजार १ सय ३६ मेट्रिकटन उत्पादन भएको जनाइएको छ । गत वर्ष ५५ हजार १ हेक्टर क्षेत्रफलमा ६९ हजार १ सय ६ मेट्रिकटन हिउँदे तरकारी उत्पादन भएको थियो ।

यस वर्ष जिल्लामा मसला बाली उत्पादनमा समेत वृद्धि भएको छ । यो वर्ष १६ हजार ६ सय ६७ हेक्टरमा मसला खेती गरिएकामा १९ हजार १७ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १६ हजार २७ हेक्टरमा १८ हजार ६ सय ८२ मेट्रिकटन मसला बाली उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा फलफूल बाली र नगदेबाली उत्पादनमा केही ह्रास आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष ३ सय २६ हेक्टर क्षेत्रफलमा २ हजार ९ सय ५३ मेट्रिकटन फलफूल उत्पादन भएको छ । गत वर्ष ३ सय २६ हेक्टरमा ३ हजार २० मेट्रिकटन फलफूल उत्पादन भएको थियो ।

२ हजार ९ सय ९२ हेक्टरमा ६ हजार १४ मेट्रिकटन अन्य नगदेबाली उत्पादन भएको छ । गत वर्ष २ हजार ९ सय १० हेक्टरमा ६ हजार ३२ मेट्रिकटन नगदेबाली उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष कैलालीमा जम्मा ५९ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे खेती गरिएकामा ३ लाख ६ हजार ८ सय १९ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष ६० हजार ७ सय ९६ हेक्टर क्षेत्रफलमा २ लाख ९१ हजार ५२ मेट्रिकटन उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र सँग रहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...