Division ban Pahalmanpur

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता शाही ले लिए शपथ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्र बहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश शान्ति सिंह थापाले मुख्य न्यायाधिवक्ता शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा शाहीलाई नियुक्त गरे सँगै शनिवार शपथ ग्रहण गराइएको हो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घ सोडारी, मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोख्रेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गाना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थिति रहेको थियो । शपथ ग्रहण पछि मुख्य न्यायाधिवक्ता शाहीले विधि र कानुनमा टेकेर आगाडि बढ्ने बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...