Division ban Pahalmanpur

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

Sostya office Dadeldhura
Purbadhar dadeldhura

टीकापुर- कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ ।आयोजनाले कैलालीमा तीन पालिका टीकापुर, लम्कीचुहा र जानकीका किसानलाई कृषि तथा पशुपालनमा विभिन्न खाले सहयोग गरिरहेको छ । 

तीन पालिकामा व्यावसायिक रुपमा बाख्रापालन गर्ने कृषि फार्म दर्जनौँ छन् भने समूह मार्फत सयौँ किसानले बाख्रा पाल्दै आएका छन् । क्षति कम हुने भएकाले बाख्रापालन किसानको रोजाइमा पर्दै आएको छ । कालिका कृषि तथा पशुपालन फार्म लम्कीचुहा–३ चिसापानीका सञ्चालक भरत न्यौपानेले १५ वर्ष देखि बाख्रापालन गरेका  छन् ।  उनी सँग हाल ५० बाख्रा छन् । बाख्रापालन गर्दा उचित बजारको समस्या र बाख्रामा फैलिने नयाँ नयाँ रोगले किसानलाई सास्ती हुने गरेको न्यौपानेको भनाइ छ। 

“आधुनिक ढङ्गले बाख्रापालन गर्न किसानलाई चुनौती छ”, उनले भने , “मेहनत गर्ने हो भने बाख्रापालन बाट मनग्य आम्दानी हुन्छ । वार्षिक ५ लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको छ ।” लम्कीचुहा कै गोरांगेकी गौरा देवी शाहीले व्यावसायिक रुपमा २०७४ सालदेखि बाख्रापालन गर्दै आएका छन् । “सुक्खायाममा घाँसको अभाव तथा बाख्रालाई निमोनियाको समस्या हुँदा निजी प्राविधिक  बोलाउनु पर्छ । व्यावसायिक रुपमा पालन गर्ने किसानले खोरमै प्राविधिक लैजानुपर्छ”, उनले भने, “उपचार पनि खर्चिलो हुन्छ ।”

Malpot office jogbudha

विगत र अहिले गरिने बाख्रापालनमा फरक छ । चरिचरनको अभाव हुँदा अप्ठेरो भइरहेको किसानको गुनासो छ । जानकी गाउँपालिका–९ का खेम बहादुर चन्द बाख्रापालन गर्न चरन आवश्यक भएको बताए  । “चरन अभावमा बाख्रापालन खर्चिलो हुन थालेको छ”, उनले भने , “आहारामा कम लागत कसरी लगाउने भन्ने बारे किसानले योजना बनाउन आवश्यक छ ।”

वि.सं. २०६३ देखि गाउँमा बाख्रापालन समूह बनाएर बाख्रापालन गर्दै आएकी टीकापुर–३ रामपुरकी लालमती चौधरी पनि गर्मीमा सिँचाइ सुविधा नभएकाले घाँसको समस्या रहेको  बताए । “बर्खामा घाँसको समस्या हुँदैन, आजभोलि भने घाँसको समस्या छ”, उनले भने , “तर पनि सजिलो पेसा भएकाले यसमा लागिरहेका छौँ ।”

यसरी व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई स्थानीय तहमा रहेका पशु सेवा शाखा र रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गर्दै आएको छ । आयोजनाले बाख्रा फार्म सुधार, जैविक सुरक्षा लगायतमा अनुदान सहयोग गर्दै आएको छ । किसानले आवश्यकता मध्यनजर गरी माग गरेमा फार्मलाई  एक लाख ५० हजारदेखि दुई लाखसम्म ५० प्रतिशत अनुदान सहयोग, साना किसानलाई पनि २५/३० हजार रुपैयाँ समूह मार्फत सहयोग गरि रहेको छ । 

यसका साथै परजीवी विरुद्ध औषधि, मिनिरल, भिटामिन सहयोग गर्ने गरेको आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले बताउनुभयो । “हामीले मागअनुसार सहयोग गरिरहेका छौँ, किसानलाई व्यावसायिक बनाउन आयोजनाले विभिन्न सहयोग, अनुदान दिने गरेको छ”, उनले भने , “यसका साथै प्राविधिक ज्ञान र सल्लाहसमेत दिने गरेका छौँ ।”

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...