स्थानीय आर्थिक विकास र वित्तीय सुशासन जोखिम मूल्यांकन सम्बन्धी अन्तरक्रिया

अत्तरिया- स्थानीय आर्थिक विकास कार्यक्रम र वित्तीय सुशासन जोखिम मूल्यांकन सम्बन्धी अन्तरक्रिया कार्यक्रम कैलालीको धनगढीमा सुरु भएको छ । नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम र वित्तीय सुशासन जोखिम मूल्यांकन सम्बन्धी प्रदेश स्तरीय सम्वाद कार्यक्रममा सुदूरपश्चिम प्रदेश भित्रका केही पालिकाका जनप्रतिनिधि र पालिका कर्मचारीको उपस्थिति रहेको थियो ।

Dadeldhura hospital

संघीय मामिला तथा स्थानीय आर्थिक विकास मन्त्रालय सम्बन्धी यस मन्त्रालय र GIZ LPED/GRAPE कार्यक्रमको सहकार्यमा नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम र वित्तीय सुशासन जोखिम मूल्यांकन सम्बन्धमा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला समन्वय अधिकारीहरुका साथै संलग्न सूची अनुसारका गाँउपालिका /नगरपालिकाका प्रमुख / उपप्रमुख, पालिका प्रतिनिधिहरूको सहभागिता मूलक कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको सभापतित्वमा कार्यक्रमको सञ्चालन भएको थियो ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा स्थानीय आर्थिक विकास कार्यक्रम (LED) हेर्ने गरी तोकिएको सम्पर्क व्यक्ति एक जना समेतको सहभागितामा दुई दिवसीय सहजीकरण / अभिभुखिकरण कार्यक्रम तथा संवाद कार्यशाला आयोजना गरिएको गरेको छ । कार्यक्रममा गन्यापधुरा गाँउपालिका डडेलधुरा, आलिताल गाउँपालिका, डडेल्धुरा जोरायल गाउँपालिका, डोटी, कैलारी गाँउपालिका, कैलाली , धनगढी उप महनगरपालिका, कैलाली चुरे गाउँपालिका, कैलाली, शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर दिपायल सिलगढी नगरपालिका, डोटी गन्यापधुरा गाँउपालिका, कैलाली गोदावरी नगरपालिका, कैलाली, अमरगढी नगरपालिका, डडेल्धुरा, बडीकेदार गाउँपालिका, डोटीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले योजना तर्जुमा कार्यक्रम सही समयमा भएकोले GiZ लाई धन्यवाद सँगै यसबाट सबै पालिकाले लाभ लिन अनुरोध गरेका छन । सुदूरपश्चिम प्रदेशमा स्थानीय निकायमा आफ्नै स्रोत नहुँदा प्राय सबै पालिका भित्रका समस्या पुरा गर्न कठिनाइ भएको समयमा योजना तर्जुमाको यो भेलाबाट सबैले प्राथमिकताका साथ योजना अगाडि लैजाने सिकाइ सिक्नमा सघाउ पुर्याउने छ भन्ने धारणा व्यक्त गरेका छन ।

Loading...