Division ban Pahalmanpur

सुखडमा विद्यालयको अतिक्रमित अस्थायी संरचनामा डोजर

Sostya office Dadeldhura
Purbadhar dadeldhura

सुखड- कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा गरी निर्माण भएका संरचनामा डोजर चलाएको छ । विद्यालयको जग्गामा बनाइएका अस्थायी संरचना हटाउन पटक पटक सूचना गरे पनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो ।

Malpot office jogbudha

विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्ठा भएको कित्ता नं. ९७ को ०–८–० क्षेत्रफलमा निर्माण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन पटक पटक निर्देशन विद्यालयले दिएको थियो । ३५ दिने पहिलो सूचना, त्यसपछि १५ दिने दोस्रो सूचना, त्यस पछि ७ दिने तेस्रो सूचना र त्यस पछि ३ दिने चौथौँ सूचना जारी गर्दा समेत हटाउन अटेर गरेपछि विद्यालयले शुक्रवार डोजर प्रयोग गरी संरचना हटाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादुर हमालले जानकारी दिए ।

शुक्रवार बिहानै सुरक्षाकर्मी, नगर प्रमुख, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र प्रशासन लगायतको समूह अतिक्रमण हटाउने कार्यमा खटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा सङ्घीय सरकारबाट प्रत्येक प्रदेशमा निर्माण गर्ने नमुना विशेष आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदान बाट निर्माण गर्ने छात्रावास, क्यान्टिन, र थेरापी भवन बनाउनको लागी जग्गा खाली गर्न विद्यालय लागी परेको छ ।

सुदूरपश्चिम प्रदेशकै नमुना विशेष विद्यालय सञ्चालनका लागि सो विद्यालय छनोटमा परेको छ तर विद्यालयको जग्गा खाली नहुँदा हालसम्म संरचना निर्माण कार्य अगाडि बढ्न सकेको छैन । सुखड स्थित राष्ट्रिय माध्यमिक विद्यालयको जमिन २२ वर्षदेखि भाडामा लगाई व्यापार व्यवसाय तथा स्थानीयले बसोबास गर्दै आएका छन् । कतिपय व्यापारी तथा स्थानीयले न जग्गाको भाडा तिरेका छन् न त खाली गर्न मानेका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...