साझा सहमति गरेर अहिलेका मुद्दाको समाधान गर्नुपर्छ : मन्त्री भण्डारी

अत्तरिया- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताएका छन । प्रेस चौतारी नेपालले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै जनताका मुद्दाले संसदमा प्राथमिकता पाउनुपर्नेमा प्रतिपक्षी दलको प्रस्तुति अशोभनीय भएको आरोप लगाए ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अत्यन्त सम्भावना र आशा बोकेको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका मन्त्री भण्डारीले नीति तथा कार्यक्रम अनुसार सरकारले बजेटको तयारी गरिरहेको बताए । सहकारीका प्रसङ्गमा उनले भने, “सहकारी पीडितलाई न्याय दिने कानुनको अभाव छ, पहिला कानुन बनाउनुपर्ने छ, कानुन बनाइसके पछि दोषीलाई कानुनी कारबाही गर्न सकिन्छ ।” अर्को प्रसङ्गमा मन्त्री भण्डारीले ऐनको अभावमा बजेट खर्च हुन नसक्ने समस्या लामो समयदेखि रहेको बताए ।

Loading...