अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित चापसल्ली आधारभूत सहरी सेवा केन्द्रमा कर्मचारी पठाईएको छ । वडा नम्बर ७ स्थित जमुनाभाडी स्वास्थ्य सेवा केन्द्रमा करारमा कार्यरत अनमी छाँया शाहलाई चापसल्ली आधारभूत सहरी सेवा केन्द्रमा पठाईएको हो ।
शाहलाई आइतबार (जेष्ठ ६ गते) देखी हाँजीर हुने गरी पठाईएको नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले जानकारी दिएका छन् । उक्त स्वास्थ्य केन्द्रमा ५ जनाको दरबन्दी रहे पनि दुई जना मात्रै कार्यरत भएपछि जनशक्ति अभाव भएको कार्यालय प्रमुख, वडा अध्यक्ष लगायतको गुनासो थियो ।